Western Union - क्लीक
  Thu, 29 Jul, 2010
  हेर्दै रहनुहॊला ताजा खबरहरू....नेपाली ख्यातीप्रप्त कलकारहरू हास्यब्यङ्ग्य र मनोरन्जनात्मक कार्यक्रम सफल बनाएर २७ जुलाइमा इजरायलबाट स्वदेस फिर्ता....अगस्टमा राजु लामा र मुन्द्रे(जीतु नेपाल) इजरायलमा भब्य कार्यक्रम लिएर अ।उदैछन्....इस्रायलमा नयाँ नेपाली कामदारकोलागी लागि भिसा खुल्यो भन्ने हल्ला ,अफबाह..... हेर्दैरहनुस तजा खबर र अन्य बिबिध गतिबिधिहरू........इजरायलबाट प्रशारित ।  
Photo News
Websites for Immigration
Immigration Canada
Nepalese in BC
Nepalese in Americas
Websites for Care Giver
OFEK Home Care
LIVE TV
  Nepal TV
  Sagarmatha
  Nepal One
केही नेपाली साइटहरु
समाचारमुलक
कान्तिपुरगोरखा पत्रद हिमालयन टाइम्स नेपाली पोस्टखस खसफ्री नेपालशेर्पा वर्ल्डशैली नेपालनया पत्रिकाखोज तलास अनलाइनयूरोप नेपालनेपाल कोरिया समाचारअमेरिका दर्पणसमुद्र पारीअल नेपाल न्यूज़ई नेपाल न्यूज़नेपाल समाचारपत्रवि. वि. सि. नेपालीडि. सि. नेपालप्रवासी नेपालीनेपाल जापान डट कमहिमालवेभ
मनोरंजन
नेटनशा डट कमसाइबर संसारएक्स नेपालीभिडियो संसारइंडिया नेपालसाझा डट कमपरिचय डट कमफुर्सद डट कमनेपाली साईटनेपाल १२३ठीक ठाकजी नेपालबब्बाल डट कममुर्चुन्गा संगीतडामाडोल हास्यमलाय नेपालखत्तम डट कमरियल नेपाल
ब्लग
नेपाल प्लस्माई संसारयो संसार
विज्ञापन
Money transfers to bank accounts worldwide
Western Union
इजरायलबाट नेपालमा बैङ्क खातामा सजिलै पैस
jerusha`s  birthday
Birthday Of
Jeru post
HOT  MOVIES
Click  here  to  more funny  pic.
Comedy video
More, Israel`s  main  view
Ramila`s  Birthday
मह जाेडी का हाँस्यब्यङग्य
नारायण गाेपालका गीती भीडीयाे
शान्ती..शान्ती ...शान्ती
NNchautari
स्लाइड तस्बीरहरू
Birthday Of Gyanu
latest  events of Merosandesh
प्रवेश / गृह पृष्ठ

बिबिध   साँस्कृतिक कार्यक्रम र उदेस्य लिइ नेपाल र इजरायल दौत्य सम्बन्ध ५० बर्ष पुगेकॊ अबसर पारेर  इजरायलमा अ।उनुभएका नेपाली प्रख्यात कलाकारहरू र भ्रमणदल २७ जुलाइ बिहान ९ बजे इजरायलबाट नेपाल प्रस्थान....................................अधिकाँस इजरायली प्रबासका नेपालीहरूका मनमा एउटै संकालु जीज्ञासा छ, बिगतमा झै बिबिध बहानामा इजरायल प्रबेश भइ इजरालयमै लुकेर बस्ने गलत प्रथा यस्पाली पनि भए कि ??

इजरायलमा नेपाली कल्चर इभ २०१०(जुलाइ २३ र २४ साँझ)

रामचन्द्र काफ्ले,बिना गुरूङ(नृत्य) र अरू क्लीप्स [अपडेटीङ]

समाचार अपडेटीङ(ताजा तस्बीर सहीत) 

नेपाल र इजरायल दौत्य सम्बन्ध ५० बर्ष पुगेकॊ अबसर पारेर नेपाली प्रख्यात हाँस्यब्यङ्ग्यकार मह जॊडी साथमा नेपाली परिचीत गायीका कॊमल ऒली,अनिल सिँह र रामचन्द्र काफ्लेद्वारा तेलअभिबस्थीत बेलबार्बर हलमा यहि जुलाइ २३ र २४ गते साँझ भब्य रूपमा साँस्कृतिक एबं मनॊरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेका छन् ,कार्यक्रममा मह जॊडीले दर्शकहरूलाइ पेट मीचीमीची हँसाएका थिए भने गायकहरूले गाँउदै नाचुँ ,नाँचु झैँ बनाएका थिए उक्त कार्यक्रममा थप नृत्यहरू इजरायली प्रबासका कामदार कलाकारहरूले समेत निक्कै आकर्शक रूपमा प्रस्तुत गरेका थिए। दर्शकदिर्घा दुइ साँझ नै खचाखच भरियकॊ थियॊ । समग्रमा  भन्नुपर्दा आयॊजक समुह र प्रायॊजक समुह र सम्पूर्ण कलाकार एबं इजरालमा रहनुभएका नेपाली भ्रमणदलका सदस्यहरू धन्यबादका पत्र रहेका छन् । यस कार्यक्रमकॊ आयॊजकहरू

१,बैदेसीक रॊजगार प्रबर्धन केन्द्र

२,नेपाल− इजरायल फेन्डसीप सॊसाइटी र

३,नमस्ते नेपाल इन्टरटेनमेन्ट

इजरायलमा नेपाली कल्चर इभ २०१०(जुलाइ २३ र २४ साँझ)

,  समाचार अपडेटीङ(ताजा तस्बीर सहीत)

ह्यापी गुरुपूर्णिमा!! 

साउनको पहिलो सोमबार पशुपति क्षेत्रको भीड छिचोलिनसक्नु थियो। झरी परिरहे पनि रंगिबिरंगी साडी वा कुर्तासुरुवालमा सजिएका महिला हातमा पुजाथाली बोकेर छिचोल्न घन्टौं लाग्ने लाममा हँसिलो अनुहारमा उभिएका थिए। हत्केलामा मेहन्दी र नारीमा हरिया चुरा लगाएर युवतीहरू झन् राम्रा देखिएका थिए। त्यही लाममा मैले उसलाई देखेँ। Read Continue ह्यापी गुरुपूर्णिमा!

ताजा खबरहरू

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

 

गगन थापा

   व्यवस्थापिका संसद्मा मञ्चन भएको राजनीतिक 'नौटङ्की'ले आम नागरिकपंक्तिलाई चरम अविश्वास र निराशातर्फ धकेलिदिएको छ । प्रधानमन्त्रीका उम्मेदवारहरू चयन गर्ने क्रममा दलहरूभित्रको घीनलाग्दो अन्तरकलह छताछुल्ल भएर पोखिइसकेकाले होला, त्यो दिन संसद्मा प्रमका प्रस्तावकहरूले आफ्नो प्रस्ताव भाषणमा समेत धेरै रंगीन बुट्टाहरू भर्ने रुचि देखाएनन् ।   िबस्त्रीतकाे लागी यहा क्लीक गरनुहाेस

माधवपछि माधवै सरकार ?

खगेन्द्र संग्रौला
सारा जगत्को छिःछिःदूरदूर भई आयु निख्रिएर ब्रह्ननालमा सुताइएको माधव सरकार कांग्रेसको छायाँ सरकार हो। महामहिम राष्ट्रपतिले चंगा चेट् भएका शाही जर्नेल कटवाल साहबलाई बोके। र, खैलाबैलाकारी कटवाल काण्डको प्रपञ्चयमय कारखानाबाट माधव सरकारको उत्पादन भयो। यस अर्थमा माधव सरकारलाई जंगी अड्डाको जंगी सरकार भने पनि उत्रो अर्घेल्याइँ हुँदैन। यो जंगीको माउ उद्देश्य माओवादीलाई किनारा लगाएर मुसो बनाउनु थियो। घर न घाटको, जात न थरको बनाउनु थियो।Read Continue --माधवपछि माधवै सरकार ?

भोलि के हुन्छ ?

काठमाडौं, श्रावण ६ - मुख्य तीन दलमध्ये कुनै एकले बुधबार मध्यान्हसम्ममा त्याग गर्न सकेको भए बिहीबार मुलुकले ३४ औं प्रधानमन्त्री पाइसक्ने थियो । तर, त्यस्तो भएन । अडान कायमै रहँदा बुधबार अनिर्णित प्रधानमन्त्री निर्वाचन पुनः शुक्रबार हुँदैछ ।
बिहीबार साँझकै अवस्थामा तीन ठूला तथा मधेसवादी दलहरुको अडान रहे शुक्रबारको निर्वाचन औपचारिकतामा मात्र सीमित रहन्छ । दुई प्रतिष्पर्धीका प्रस्तावकले प्रस्ताव गर्नेछन्, सभामुखले मत विभाजनका आधारमा मतदान गर्नेछन्, तर माओवादी र कांग्रेस उम्मेदवारका लागि सामान्य बहुमत पुग्न नसकेपछि नयाँ निर्वाचनको मिति तोक्नुपर्नेछ । Read Continue

मुख मै आएको हड्डी खोसियो झलनाथको

झलनाथ खनाललाई हिजोको दिन आफ्नो जीवन कै सबैभन्दा नरमाइलो दिन भो होला। सत्ता नामको ‘हड्डी’ उनको मुख नजिकै आइसकेको थियो, तर खोसियो। पेनाल्टीमा पराजित हुँदा फुटबल टिमलाई के दुःख हुन्थ्यो होला, जति उनलाई भयो होला। उनी निश्चित रुपमा प्रधानमन्त्री बन्दै थिए। बहुमत उनकै पक्षमा थियो। तर अकस्मात् खेल यसरी खेलियो कि उनी प्रतिस्पर्धा नै नगरी मैदानबाट बाहिरिन बाध्य भए। उनले आफ्नै साथीहरुबाट यसरी रेडकार्ड पाए कि अब शुक्रबार हुने फाइनल खेलमा प्रतिस्पर्धा नै गर्न पाउने छैनन्। MORE 
सम्भवतः संसारकै कान्छी ३ वर्षकी गायिका अतिथी गौतम केसीको एल्बम विमोचन !

सम्भवतः संसारकै कान्छी गायिका अतिथी गौतम केसीको गीति एल्वम 'अतिथि' एक समारोहवीच विमोचन गरिएको छ। अतिथि केसी अहिले तीन वर्ष आठ महिनाकी छिन् । Watch her song काठमाडौंस्थित नेपाल पर्यटन वोर्डमा आयोजना गरिएको  कार्यक्रममा वरिष्ठ संगितकार अम्वर गुरुङ्गले उक्त एल्वम विमोचन गरेका हुन्। बाकी 

'कांग्रेस या माओवादीमध्ये एक प्रतिपक्षमा रहन्छ’

क्रान्तिकारी र कठपुतली:-

ओँठमा सहमतिको रागरटना छ व्यवहारमा भने घरघरै मारामार छ। यस घडीमा तीन ठूला दलका ठूला नेता गृह कलहमा लिप्त छन्। हुनेवाला प्रधानमन्त्री म कि तँ? कलहको कुरूप शीर्षक यही हो। आआफ्ना नजरमा सबै कलहकर्मीले आफूलाई ‘राम्रो म' को महलमा थपक्क राखेका छन्। र, यिनका कुरूप चरित्र भएका ‘राम्रा म'हरू जुध्दा राजनीतिमा वितृष्णाकारी गाईजात्राको रचना भइरहेछ। यो गाईजात्रा देखेर पश्चगमनका प्यादा र खान्की पथका पारखी अति प्रसन्न छन्। सहमतीय सरकार त कपट संवादको सिकार भएर शून्यमा बिलाएको थियो नै। हेर्न लायकको गणितीय बहुमतको सरकार बन्ने छाँटछन्द पनि पत्यारलाग्दो छैन। कलह र विग्रहको यो विरूप चित्र देखेर दंगदास पर्दै एक दङ्गाली जिम्दार कमरेडले माधव सरकारको पुनःस्थापनको भव्य प्रस्ताव अघि सारेका छन्। बाँकी पढ्न यहाँ थिच्नुहोस्

अनेसास,इजरायल च्याप्टरद्वारा यहि १७ जुलाइ २०१० साँझ ५ बजे तेलअभिबमा भानु जयन्ती अबसर पारेर भानुकै सम्झनामा भब्यरूपमा साहित्यीक कार्यक्रम सम्पन्न बाँकी समाचार र तस्बीरहरू.....

इजरायलमा निर्बासन बिरूद्द  भब्य जुलुसः

१७ जुलाइमा तेलअभिबस्थित लेबेन्स्की पार्कमा निर्बासन बिरूद्द भब्य जुलुस प्रदर्शन गरिने जुन निर्बासन कारबाहि गत साल जुलाइ महिनादेखि नै इजरायल सरकारले लागु गर्ने भनि सुनाएता पनि निर्बासन बिरूद्द जुलुस गर्नुका साथै निर्बासन नगर्ने पक्षमा इजरायलमा रहेका सामाजीक संस्था,मानब अधिकारबादि,अन्तराष्ट्रिय समाचार सुत्रहरूले मद्दत गरेका हुनाले हाल सम्म निर्बासन स्थगीत हुदै दुधे बालबालिकाहरूले जन्मभुमीमै बस्न पाइरहेका हुन् । अब यी बालबालिकाहरूका भबिश्यमाथी इजरायल सरकारले खेलबाड गर्न सक्छ वा सक्दैन भन्ने निर्णय यहि जुलाइ मसान्त सम्ममा थाहा हुनेछ , इजरायलमा निर्बासन बिरूद्द भब्य जुलुस बृतचित्र

वर्ल्डकप       फाइनलमा स्पेन  बिजयी.....

वर्ल्डकप २०१ ०( फुटबल) फाइनलमा हल्याण्ड र स्पेनबिच भब्य प्रतिस्पर्धा हुदाँ थप समयाबधिमा  स्पेनले निर्णायक गाेल गरेर वर्ल्डकप इँतिहासमै प्रथम पटक  यस्पाली स्पेन बिश्वकप बिजेता बन्न सफल ,बिजेता खेलाडी र देसलाइ शुभकामना र बधाइ......

.......................................................................................................................................................................................

इजरायलस्थित नेपाली दुताबासद्वारा जुलाइ ०१ गते साँझ कल्चर इभेन्टस "Naturally Nepal-Once is not Enough" (Hotel Danpanaroma) मा भब्य रूपमा  कार्यक्रम सम्पन्न । बाँकी समाचारः

अमृत पण्डीतद्वारा सिङ्गारीएका पेजहरू

इजरायलबाट अनलाइन टीभी

 

(Western Union ) वेस्टर्न युनियनबाटै पैशा पठाउँ

 कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ (कृष्ण थापा)

कम्प्युटर कल्चर र सब्बातको त्यो एउटा साँझ (कृष्ण थापा)

साइनो बेच्ने केटी(कृष्णपक्ष



गीत (सुनिल संगम)

ऐना जस्तै चर्किएर भाग्य फुटेछ
अनायासै खुशीहरु कसले लुटेछ

सम्झौतामा जिन्दगीको छाँया देखेकी थिएँ
हेर्दा हेर्दै छाँया संगै माया देखेकी थिएँ
त्यही मायाले आज मुटु चस्की दुखेछ
अनायासै खुशीहरु कसले लुटेछ

मान्दै छु म रातहरु अँध्यारो नै हुन्छ पनि
मान्दैन मन कसैगरी दिनमै रात हुन्छ भनि
त्यसैले त आफ्नो भन्ने साइनो छुटेछ
अनायासै खुशीहरु कसले लुटेछ

गजल

लालची नेपाली बन्न जानेको देखेँ ।।
नौडाँडा काटेर हिड्न मानेको देखेँ ।।

बिदेसी चलन सिक्ने रहर गर्दै ।।
नेपाली संस्कार लात्ती हानेको देखेँ ।।

सम्पन्न बनेका यहाँ ठगेर जस्ले
उसैले आफ्लाइ मैहुँ ठानेको देखेँ ।।

पहिले नेता हुँ भन्दै कुर्लने गर्थे,
अचेल लुकेर जीबन धानेको देखेँ ।।

बिकृत समाज हेर्दै सिकेकॊ सिकॊ
पहिलॊ हुदाँ नि दॊश्रॊ छानेकॊ देखेँ ।।

चाडै नै धनले भारी पुर्याउँ भन्दै
आफ्नैले आफ्नैकॊ खुट्टा तानेकॊ देखेँ।।

गजलः

नेपाली डीग्री यहाँ,खै के काम रहेछ ??
सबैकॊ उहि मुल्य,कुल्ली नाम रहेछ ।।

साहुकॊ ऋण बॊकी,हिडेँ देश छाडेर
खानामा पाउरॊटी,दल्ने जाम रहेछ ।।

फिँजीयॊ हल्ला सधैँ,नयाँ भिसा खुल्यॊ रे
नखुल्दै दलालकॊ,ठूलॊँ लाम रहेछ ।।

खट्दैछौँ हामी सधैँ,दिनरात नभनि
सबैकॊ मृग तृष्णा,यही दाम रहेछ ।।

खबर केहि छैन,घर,देस मायाकॊ
भर्खरै पत्र पाएँ,रित्तॊ खाम रहेछ ।।

बग्दछ अश्रुधारा,मध्यान्नमा खटेर
मुहार श्यामबर्ण,दॊषी घाम रहेछ।।

do-u-like-this-gazal 



असहज सम्बन्ध (कथा) रिचा शर्मा तिवारी

असहज सम्बन्ध
 
   उनीहरु वीच गहिरो सम्बन्ध थियो  माया गर्दथे सर्मपण थियो मायामा धेरै माथी  थिए  ति जीवनमा   । गम्भीर प्रकृतिको थियो उ । जीवन चाडै पचाएको मानिस झै तर लाग्दथ्यो भगवान्ले नै उनीहरुको जोडि बनाएको हो ।  त्यसो त धेरै वर्ष उनीहरुको मायामा बित्यो तर उनीहरु क्याम्पस पछि भेटिएनन् । ईमेल  च्याटमा मात्र तर यति लामो समय सम्म यसरी माया गरे उनीहरुले कि उनीहरु सँगै नै भए जस्तो गरि । अचम्म थियो उनीहरुको सम्बन्ध ।  
 धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । त्यैपनि उनीहरु सर्मपीत थिए मायामा । जीवन चल्दै थियो  आफनो रफ्तारमा  उनीहरु त्यहि रफतार सँगै चल्दै थिए । 
     विछोडको धेरै समय पछि  उनी हिजो अचानक बाटोमा भेटिएकी थिई । मलिन अनुहार बोकेर हिडिरहेकि थिइन् । उसलाई लाग्यो कतै ठलो र्दुघटना नै  भएको हुनुपर्छ उनको जीवनमा तर सोध्ने साहस गरेन । त्यै पनि उसको मनभरी उत्सुकता रहयो कारण जान्ने मलिनताको । सामान्य बॊलचाल मात्र भयो  खास केहि भएन । त्यसो त आफनो मनभरी ताजा पीडा व्याप्त थियो । यही कोशिश थियो कि उनको पीडा अघि उसले आफनो पीडाहरु अनुहार बाट नझल्कीयोस् भनेर  । एकदिन उनले भेटने अनुरोध गरिन उनको अनुरोध उसले स्वीकार गरयो । बाटोमा सामान्य बोलचाल पछि उनी पछि भेटने बाचाका साथ र्फकिन ।
तर समय वित्दै गयो  उनीहरुको भेटघाट भएन । एकाएक फेरी भेटिए  खुशीका पलहरु समेटिए दुवैमा तर कसलाई थाहा त्यो खुशी पीडा हुन्छ भन्ने । त्यस्तै भयो हुन पनि ।  सोचिन यतिका वर्ष गरेका मायाहरुबाट उनले के पाई केवल पीडा धोखा  । हुन त नियती ले विछोड हुनु धोखा त होइन तर पनि उनले महसुस त्यहि गरिन ।
आज भेटने दिन थियो कतै शरहमा र भेटिए पनि उनीहरु । उसले कहि बसेर कुरा गर्न आग्रह गरे ।आग्रह स्वीकारका साथ उनीहरु कतै रोकिए र धेरै पराना स्मृतिहरु ताजा गर्न तर्फ लागे । स्मृतिका पल ताजा गर्ने क्रममा उनले रोकिएर सोधे तिमीले विहे गरयौ  ,उनी अक्मक्क परिन भनीन् अँह गरिन् , तिमीले नि  ?  उनले प्रतिउत्तर गरिन उसको जवाफ आएन मौनता छायो एकछिन दवैमा एकाएक टवाल्ल परेर हेरे । उनीलाई अप्ठयारो महसुस भयो वातावरण  भनिन् अब जाँउ है..... होइन एक छिन बसौँ न कति समयमा भेटेको हुन्न र  लौ तिमी भन्छौ भने ।
किन विहे नगरेको भन्न मिल्छ कि  खै भने जस्तो कोहि भेटिएन् । खोजी देउ न कोहि हुन्न र  कस्तो असहज प्रश्न थियो यो तर उत्तर आएन थाहा थियो आउदैन  । त्यसैले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन  उसमा । उसको मन चिसो भयो  मनभरी प्रश्नले खेल्न थाल्यो कसरी भन्ने भनेर । तर सकेनन् उनले बीचमै भनिन के कुरा खेलेको छ मनमा  किन दोधारमा हो?  उनले भने होइन ,केहि होइन अब जाँउ पनि ।
ल जाँउ त एकछिन टाढा पुगेर रोकिन्छन् उनी मौनता चिरर्दै उसले भनयो मैले त विहा गरे नी। उनी निशब्द भइन् र सुनिन मात्र केहि भनिन् एकाएक आँसु झार्दै उनी अगाडि लम्किन र उ पछाडि बाट एकतमासले हेरि रहयो । उनको भावना बल्ल बुझ्यो ।

 Reecha sharma Tiwari
Freelancer Journalist
www.abhibyanjana.blogspot.com
kathmandu ,nepal
General member of Federation of Nepalese Journalists ,kathmandu branch


गजल - अम्बिका गिरी

गजल

लेखिका: अम्बिका गिरी
 
 सपनीमा मात्र हैन प्रिय बिपनिमा पनि आउन
उजाड मेरो जिन्दगीमा बसन्तको बहार छाउन

 
साँचेकी छु तिम्रो माया पछ्यौरीमा गांठो  पारि
आतुर छु म हाम्रो सानो मायाको घर सजाउन

 
फिक्का लाग्छ जुन अचेल सुगन्ध नै छैन फूलमा
नपाउदै ओइली  झर्न टिपी मेरो शिरमा लाउन 

    
बिरहको आगो बाली छाती भित्र मुटु जल्छ
तड्पीएको  मेरो मनलाई तिमी आँफै सम्झाउन

 
तिमी मात्रै गयौ टाढा छोडी मलाई एकान्तमा
सक्छौ भने बिन्ती प्रिय मलाई पनि लैजाउन 



नयां नेपाली राष्ट्रिय गान सुन्नुहोस् ।
World Clock
Photo Blog
ई-मेल
हट मेल
याहु मेल
जि मेल
विज्ञापन
Happy Marriage Anniversary
(CNN  News)
Try to apply  student Vissa of  UK
एक नजर यता पनि...
Watch sarada`s  video
Nepal`s view
Movie site
बिजया दशमी २०६५ इजरायल, एक झलक
Kavla Oved[worker`s  rights]
बिज्ञापन
Visit Mini Israel
ITS HOT JOBS
About  Nepal  army
More About Nepal police
Armed police [nepal]
Atlantis Hotel,Dubai
Israel`s  National cemetery
Latest Projects of Israel
IT Soft Solutions
Lovely Pokhara Add.
Commets   Please
Arpan`s Birthday
Bahai Garden (100 pictures)
USA  pictures
SEA beach,telaviv
Bible details
www.Nnchautari.com
नेपालीमा टाइप गर्न क्लीक मी
Happy Birthday to
जिरे खुर्सानि
विश्व कै कम उमेरकी ३ वर्षकी गायिका