 |
 |
 |
 |
| केही नेपाली साइटहरु |
| समाचारमुलक |
| कान्तिपुर,
गोरखा पत्र,
द हिमालयन टाइम्स
नेपाली पोस्ट,
खस खस,
फ्री नेपाल,
शेर्पा वर्ल्ड,
शैली नेपाल,
नया पत्रिका,
खोज तलास अनलाइन,
यूरोप नेपाल,
नेपाल कोरिया समाचार,
अमेरिका दर्पण,
समुद्र पारी,
अल नेपाल न्यूज़,
ई नेपाल न्यूज़,
नेपाल समाचारपत्र,
वि. वि. सि. नेपाली,
डि. सि. नेपाल,
प्रवासी नेपाली,
नेपाल जापान डट कम,
हिमाल,
वेभ
|
 |
| मनोरंजन |
| नेटनशा डट कम,
साइबर संसार,
एक्स नेपाली,
भिडियो संसार,
इंडिया नेपाल,
साझा डट कम,
परिचय डट कम,
फुर्सद डट कम,
नेपाली साईट,
नेपाल १२३,
ठीक ठाक,
जी नेपाल,
बब्बाल डट कम,
मुर्चुन्गा संगीत,
डामाडोल हास्य,
मलाय नेपाल,
खत्तम डट कम,
रियल नेपाल
|
 |
| ब्लग |
| नेपाल प्लस्,
माई संसार,
यो संसार
|
|
 |
 |
 |
 |
|
 |
 |
 |
 |
| प्रवेश / गृह पृष्ठ |  | इजरायल ।प्रबाशी इजरायलमा नेपाली कामदार सहयोग मन्च,इजरायलद्वारा प्रकाशीत प्रथम नेपाली राष्टीय भाषामा छापीएको नेपाल चौतारी मासीक पत्रीका बिगत लामो समय देखि ने.का.स.मन्चको सदस्यहरू बिचको आपसी मनमुटाब एबं अन्य प्राबिधिक कमी कमजोरी को बाबजुद प्रकाशन स्थगीत भइरहेकोमा हाल आएर गैह्र आवाशीय नेपाली संघ ,इजरायलकॊ बिशेष सक्रीयतामा इजरायलस्थित सम्पूर्ण नेपाली संघ,संगठन र समितिहरू समेतकॊ एक्वेबद्द सहायताका कारण नेपाली भावनामा एकरूपता ल्याइउन र हामी नेपालीहरूले बिदेशी भुमीमा एकजुट हुनैपर्छ भन्ने सुधारचेतनामुलक संकेतार्थ चाडै नै पुनः इजरायली प्रबाशमा नेपाली राष्ट्रीय भाषाकॊ मासिक पत्रिका प्रकाशन गरीने भएकॊ छ । अन्तमा पत्रकारीता र शीक्षालाइ पूर्णरूपमा राजनितिकरण गरी ब्यापारीक नबानाइयोस र यो त एक पबीत्र र निश्पक्ष खबर बाहक र शिक्षामूलक हुनु अपरीहार्य छ ।पुनश्चः इजरायली प्रबासमा नेपाल चौतारी र नमस्ते नेपाल चौतारी मासिक पत्रिका प्रकाशन स्थगीत भएपश्चात यस http://www.nnchautari.com/ द्वारा हामी इजरायल तथा अन्य देशमा रहेका कामदारहरूका ब्यस्त समयका बाबजुद पनि वेभ पत्रिकाकॊ माध्यमद्वारा बिश्वभर "नेपाल चौतारी " नामकरणलाइ अनबरत जीबन्त राख्ने प्रयास गरीरहेका छौँ तसर्थ यस ,सुधारेतनामूलक ,समझदारीपुर्ण, रचनामूलक, सबैकालागी साझा डीजीटल " नमस्ते नेपाल चौतारी " लाइ सम्पुर्ण पाठकबर्गहरूबाट बिगतमा झै भबिश्यमा पनि सदाबाहार माया,सल्लाह,सुझाब,रचना ,प्रतिक्रीया पाइरहनेछौँ भन्ने अपेक्षीत समेत छौँ ।धन्यबाद ।
http://www.nnchautari.com/ ( " नमस्ते नेपाल चौतारी " परीवार ) जून २३,२००९ख्याति श्रेष्ठ हत्यकाण्ड कुनै 'हरर' मुमीकोकथा भन्दा कम छैन ......धेरै किसिमका जघन्य हत्या भए ,गरे तापनि यसरी बिभत्स हत्या ......मैले आजसम्म यति क्रुर अपराधी देखेको छैन," १९ वर्षीया ख्याति श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ४२ वर्षीय वीरेन प्रधानलाई लक्षित गर्दै एक प्रहरी अधिकारी भन्दै थिए। गत वर्षसम्म बालाजुस्थित आफ्नो तत्कालीन घरमा डेरा बसेका श्रेष्ठ दम्पतीका एक्ली छोरी ख्यातिको प्रधानले गरेको भनिएको हत्या कुनै 'हरर' चलचित्रको कथाभन्दा कम छैन। नाटकीय अपहरण क्रुरतम हत्या र त्यसपछि फिरौती लिन देखाइएको रवैया कोही कसरी यतिसम्म अपराधमा लिप्त हुनसक्छ भन्ने एउटा अप्रीय उदाहरण हो। अभियुक्त प्रधानले ललितपुरको एभिएम स्कुलमा १४ वर्ष पढाएर गत वैशाख ९ मा छाडेका थिए । उनी छिट्टै आफ्नी दुई छोरीसहित क्यानडामा स्थायी बसोबास अनुमति लिइसकेकी पत्नीकहाँ जाने तयारीमा थिए । काठमाडौंमै जन्मेर भारतको दार्जिलिङमा हुर्केको बताउने उनी अन्ततः आफ्ना पूर्व भाडावालकी छोरीको हत्या गर्ने व्यक्तिका रुपमा प्रकट भए । आइतबार उनी पक्राउ परे । प्रारम्भिक अनुसन्धानकै क्रममा उनले आफ्नो अपराध स्वीकार गरेको प्रहरी बताउँछ । उनले हत्या योजनामा सूचना र पहुँचका लागि प्रयोग गरेको आफ्नै पूर्व विद्यार्थी १६ वर्षीय मेरिना शाक्यलाई पनि प्रहरीले सहअभियुक्तका रुपमा पक्राउ गरेको छ ।
घटनाचक्र (बाँकी अंश ) छात्रा ख्याती श्रेष्ठ, हत्याकाण्ड.. २६ जून् २००९
आदरणीय दिदीवहिनी तथा दाजुभाइहरू, हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ............... नयाँ नेपाली इजरायलमा झिकाउने भिसा अझै बन्द १५ जून २००९,इजरायल । इजरायलमा अझै नयाँ नेपाली कामदारका प्रबेशकालागी भिसा बन्द नै छ साथै इजरायलमा भैरहेका लगभग २० हजार नेपाली कामदाहरू मध्य लगभग एक हजार कामदारहरू बेराेजगार भइ अपार्टमै बस्नुपर्ने बाध्यतमा समेत पील्सीरहेका छन्, यसरी जागीर नभइ अपार्टमा बस्नुपर्नुका मूख्य कारणहरू , कामदारले अ।फुले भने जस्तै काम नपाएर स्वयंले छाड्नु, कामदारलाइ इम्प्लाेयरले मन नपरायर कामबाट निकालिदिनु, कायर्रत इम्प्लाेयर स्वर्बास हुनु,कामदार अशक्त बिरामी हुनु,नेपाली कामदार इजरायलमा प्रबेश भएपछि इजरायली म्यानपावरहरू खारेज हुनु र फ्लाइङ भिसामा इजरायल प्रबेश गर्नु नै जागीरबिहिन हुनुका मूख्य जड हुन् । यस्तै गरी अ।ज तेलअभिभ स्थित इन्टरीयर अफीसका कर्मचारीलाइ हाम्रा सम्बाददाताले फेरी नेपाली नयाँ कामदारका लागी भिसा पठाउने कुरामा कुनै कार्यबिधि भैरहेका छन् वा छैनन् भनेर प्रश्न राख्दा उक्त अफीसका एक कर्मचारीले भने,अ।जसम्म यसबारेमा कुनै पहल नभएकाे बताएका छन् । बर्तमान चुनौती - ललित कुँवर मलाई प्रधानमन्त्रीले थुनाए : शेर्पाबाणिज्य बैंकमा रोजगारीका अवसर एमालेले गुमाउन लागेको मौका लब इज बिजनेस वा ........... (राज घले) इजरायलमा नेपालीहरूका कथा � ब्यथा (हरी अधिकारी)नेपाल राजदुताबासबाट सचेतनामुलक सूचना जारी नेपाली चौतारी (समसामयीक बिबेचना) श्याम रॊक्काकरॊडौ रूपैयाँकॊ डुबान सहित इजरायलकॊ रॊजगार बन्द....एकतर्फी मायाForeign Caregivers- Important Government Notice!!!!म कसरी विद्रोही' बनेँ ?
कृष्णमुरारी भण्डारी , उनको घरमा स्योस् चल्थ्यो । आइस्योस्, गइस्योस्, बक्स्योस् ।' तर यही परिवारमा एउटा 'विद्रोही' निस्क्यो र भन्न थाल्यो, सर्वसाधारणलाई तल्ला वर्गको व्यवहार गर्ने शब्द किन प्रयोग गर्ने ? आदर गर्ने 'तपाइ र माया गरेर सम्बोधन गरिने 'तिमी' छँदैछ नि । ऊ आम नेपालीका चाल-चलन र संस्कृतिको पक्षपोषणमा लाग्यो । छँदाखाँदाको 'शक्तिशाली' अर्थसचिवको जागिर 'हस् हजुर' भन्दै कति खानु भनेर चालीस वर्षको उमेरमै छोड्यो । त्यसपछि ग्रामीण विकासका काममा लाग्यो । अनुसन्धान संस्थासँग जोडियो । गाउँ-गाउँ डुल्यो । 'फेल्ड डेभलपमेन्ट' भन्ने बहुचर्चित किताब लेख्यो- सर्वसाधारणलाई शक्तिशाली नबनाई न नेपालको गरिबी हट्छ, न त अविकास । यसो भन्दै सुरुमा प्रजातन्त्र, पछि लोकतन्त्र र त्यसपछि त गणतन्त्रको नारा दिएर नागरिक आन्दोलननिम्ति सडकमा उत्रियो । निषेधाज्ञा तोड्यो । गिरफ्तारीमा पर्यो । तर आफ्ना कुरा भन्न कहिल्यै छोडेन । यो त्यही व्यक्ति हो- देवेन्द्रराज पाण्डे । समयदेखि जनताको पक्षमा जुझारू रहेका देवेन्द्रराजको पारिवारिक वातावरण दरबारिया थियो । उनका बाबु शिक्षक खगेन्द्रराज पाण्डे उनी गर्भमा छँदा नै राजदूत सिंह शमशेरसँग बेलायत पुगेका थिए । उनले छोरो देवेन्द्रलाई चार वर्षपछि लन्डनबाट फर्केर मात्र देखे । यो ६६ वर्षअघिको कुरा हो । यसपालि भने उनी भदौमा ७० वर्ष पुग्छन् । तर फुर्ती ? उछलकुदमै देखिन्छन् उनी । खितित्त हाँस्दै भन्न अल्छी मान्दैनन्- मलाई मन नपराउनेहरू सोध्छन्, स्वास्थ्य कस्तो छ ? म जवाफ दिन्छु- सय वर्ष बाँंच्छु । मेरो जवाफले उनीहरूको अनुहार निन्याउरो बन्छ । हा..हा.. हा.. । अट्टहास निकाल्दै हाँंस्छन् उनी । लाग्छ उनको मुख, हात, खुट्टा तीनै अंग चलायमान छन् । तिनमा लय छ । त्यसैले देवेन्द्रराजलाई भेट्नेहरूले स्थिर भएर आशनमा जमेको सायदै देखेका होलान् । एक ठाउँमा आशन जमाएर बस्ने स्थिर होइन, चुलबुले छन् यिनी । देशको शक्तिशाली अर्थमन्त्री -०४७) अर्थसचिव -०३६) भइसकेका पाण्डेको जीवन सादगीपूर्ण देखिन्छ । घर, जस्ताले छाएको सानो छ । तर घरमा पस्ने बित्तिकै प्राकृतिक वातावरणमा पुगेको महसुस हुन्छ । भन्छन्, यो सबै ४० वर्षदेखिकी शिक्षिका श्रीमती पद्मा पाण्डेको किस्मत हो । बगैँचामा मात्र होइन, घर व्यवहार चलाउन मेरो योगदान छैन । म त चराचुरुंगी आए-गएको, फूल-फूलेको र हरियालीमा रमाउने मात्र हुँ । पिँढीलाई नै बैठक बनाएका उनले सोधे, यही बस्ने कि भित्र जाने ? पिँढीमाथि जस्ता थियो तर हरियालीले त्यो ठाउँमा शीतल त थियो नै साथै फूलको मगमग वास्ना पनि आइरहेको थियो । कुराकानी चल्दाचल्दै शौचालय जाने मन भयो । उनले देखाए, भित्र छ । भित्र पसियो र कर्म चल्दाचल्दै हाँसो थाम्न सकिएन । कारण- शौचालयमा उनले कार्टुन भएका २-३ वटा पोस्टकार्ड साइजभन्दा अलि ठूला फ्रेम टाँगेका रहेछन् । कार्टुनसँगै अंग्रेजीमा डाइलग छ । एउटामा थियो- दाजुभाइले कसरी अठ्याउँछन् भनेर मलद्वारमा पेचकिला कसेको सचित्र वर्णन । अर्को छ- मलद्वारमै हर्न जडान गरेको कार्टुन र त्यसबाट ठूलो आवाज आइरहेको भाव चित्र । त्यो देखेपछि मुखबाट खित्का मात्र होइन, मलमूत्र सबै खलास हुने रहेछ । भयो पनि त्यस्तै-हाँस्नु वास्तवमा मलत्याग निम्ति पनि फाइदादायक रहेछ । सन्तान कति छन्, तपाइका ? जवाफ दिनुको साटो उनले नै सवाल सोधे, कति वटा होलान् ? र, लगत्तै भन्न थाले- जागिर छोडेर पाल्पामा ग्रामीण स्वावलम्बन कार्यक्रम सञ्चालन गर्दा दलितबस्ती रोजियो । त्यहाँ गरिबी त छदैँ थियो । उनीहरूका लालावाला एकदमै धेरै देखिए । आहार नपुगेका नांगा भुतुंगा केटाकेटी ८, ९ जना पनि । मैले सोधें, मेराचाहिँ कति होलान् ? उनीहरूले भने, ३-४ वटा । मैले भने, होइन एउटा । फेरि सोधे, छोरा होला कि छोरी ? उनीहरूले भन्ो, छोरा । मैले जवाफ दिए, छोरी । उनीहरू त छक्क परे । देवेन्द्रराजका पाँच दाजुभाइ र दुई दिदीबहिनी । दाजुहरू जेठा -रोयल फिजिसियन) मृगेन्द्रराज पाण्डे, माहिला दरबारका संवाद सचिव तथा राजदूत नरेन्द्रराज पाण्डे, साहिला यिनी स्वयं, काइँला आरआर पाण्डे -पर्यटन व्यवसायी) र कान्छा कल्याणराज पाण्डे -राष्ट्रसंघका कर्मचारी) हुन् । तर पाण्डे पारिवारिक खोजीनीति रूचाउने रहेनछन् । भने, यसबारे 'प्लिज' नलेखिदिँदा नै राम्रो । तर पाण्डे विन्द्रालो यस्तो छ त्यसको सानो भए पनि खाका नदिई देवेन्द्रराजलाई पहिचान गर्न अप्ठ्यारो पर्छ । यिनले आफूलाई यस्तो पारिवारिक सञ्जालबाट कसरी मुक्त गरे र जनताको पक्षमा लाग्न सधैं अभिप्रेरित भइरहे ? उनैले भने, मैलाई थाहा छैन, म कसरी 'विद्रोही' बनेँ ? संस्कार र परिवारअनुसार म यस्तो हुन मिल्ने होइन । सज्जनले पनि यो कुरो बुझ्दैन, दुर्जनलाई त प्रश्न गर्न सजिलो छ । आफूलाई कसैले 'विद्वान्' भन्यो भने यिनी सीधै झम्टने रहेछन् । उनले भने, हेर्नुस् म त थर्ड डिभिजनवाला हुँ । दरबार स्कुल, त्रिचन्द्र र इलाहावादमा पढेको । यिनले एमकम गरेछन् सन् १९६० मा । सेक्सन अफिसरमा बीपी कोइराला प्रधानमन्त्री हुँदा पास गरे । २०१७ साल पुस १ गतेको कारण पञ्चायतकालमा मात्र नियुक्ति पाएका रहेछन् । उनी आफूबारे भन्नेरहेछन्, म ४० वर्षपछि चेत पलाएको मानिस हुँ । त्यसपछि मैले जागिर छोडेँ र स्वतन्त्र मानिस बने । पूर्वअर्थमन्त्री पाण्डेले अर्थशास्त्र पढेका होइनन् । उनले अमेरिकामा मल्टी डिसिल्पिनरी विषय पढे । भन्छन्, विकास प्रक्रिया जटिल र बहुआयामिक सम्बन्ध हो । पुराना कुरा परिवर्तन गर्न नचाहने हो भने देशमा विकास हुँदैन । वास्तवमा राजनीतिक फ्रेमवर्क नै मिलाउनुपर्छ । 'जुन वर्गलाई साथ लिनुपर्ने हो त्यसलाई होइन पुरानो चाहिँ नबिगि्रयोस् भनिँदैछ । यसरी त परिवारमा पनि परिवर्तन हुँदैन भने राष्ट्रमा के खाएर विकास होस् ? यी सबै कुरा बुझ्दै-झेल्दै म अहिलेको अवस्थामा आइपुगेको हुँ ।' देवेन्द्रराजले दल पनि खोले- लोक दल । त्यो पार्टीको नाम ०६२-०६३ को जनआन्दोलनमा नारा र कार्यक्रम बन्यो । तर पार्टी चलेन । आफूले काम गरेको ठाउँ भनेर यिनी पाल्पाबाट संसदीय चुनाव पनि लडे । 'म कम्युनिस्ट हुन सकिनँ किनकि म नागरिक र मानव अधिकार, कानुनी शासनको पक्षपाती । आफ्नो पार्टीमा गैरकम्युनिस्टलाई तान्न सकिनँ । मात्र बुद्धिजीवी -कोठामा बसेर अरूलाई गाली गर्ने) हरू जम्मा गरे । कसैसँग सम्झौता नगरेकाले चुनाव जित्न सकिएन । मत पाए जम्मा ११ सय । यिनका स्थायी साथी संगाती छैनन् । उनी भन्छन्, म त बगेको खोला हुँ मेरो कुनै 'यार' छैनन् । अहिले पनि जति साथीसंगाती छन्, सबै तीन वर्षयताका नयाँ । मलाई असहयोग कसैले गरेको छैन, कामको सहयोग सबैले गरेका छन् । 'स्थायी यार' नहुनाको कारण के होला ? यिनी भन्छन्, मेरो तासको लत छैन । केटाकेटीमा जुवाडे थिएंँ, मावलमा खुब खेलिन्थ्यो -यिनी मावलमा हुर्केका हुन् ।) मासु खान छोडेको पनि दस वर्ष भइसक्यो । खानामा यिनको परख छैन तर आलु तारेको र बकुल्ला भने यिनका कमजोरी हुन् । ईश्वर ? भन्छन्, म आँतले मात्र मान्छु । पाठ, पूजा कर्म छैन । केटाकेटीदेखिको आदत भएकाले मन्दिर जान्छु । दायाँ पारेरै घुम्छु तर कम्युनिस्ट साथीहरूसँग हिँड्दा बायाँ पार्न खोज्छन् ।' दिक्क भएको बेला हे राम । भन्ने यिनी कम्युनिस्ट साथीहरूलाई जिस्क्याउँछन्, तिमीहरूले त यसो भन्न पाउन्नौ । हे माक्र्स, हे लेनिन, हे माओ भन्ने चलन छैन क्यारे । पाण्डे, सवाल-जवाफमा छुरा लाग्छन् । कसरी यस्ता भए ? भन्छन्, खै कसैले केही भन्यो वा गर्यो भने प्याट्ट जवाफ आइहाल्छ । उनको कोपभाजनमा पर्नेहरू भन्छन्, मनमा पाप नचिताई कसैलाई नछोड्ने मानिस हो पाण्डे । पाण्डेको सोख ? केही छैन उनी भन्छन् । कोट्याउँदै जाँदा लवाइमा यिनको सोख, अन्तरिमकाल -०४७।४८) मा चर्चामा आए झलनाथ खनाल तर यिनी गुमसुम नै रहे । पाण्डेलाई भेट्नेहरूले 'मार्क' गरे हुन्छ, यिनको लवाइ सधैँं मिलेको मात्र होइन, रङ्गको लय पनि त्यसमा हुन्छ । धेरैलाई यो कुरा थाहा छैन । तर, बाबुले बेलायतबाट ल्याएका टाइलाई सुरुवालको इजार बनाएर लगाउने पाण्डे संगीत र खेलकुदका खासाका पारखी हुन् । गीत सुन्नेमात्र होइन यिनी त रागमा पनि रल्लिन्छन् । विटल्सदेखि कसका रेकर्ड यिनीसँग छैनन् ? नारायण गोपालदेखि गाउँगाउँबाट उठसम्मका गीत यी गुनगुनाउँछन् । पाण्डेको हाँस्य विधा पनि जबर्जस्त छ । नागरिक आन्दोलनमा भएका खिचातानी सुन्दासुन्दै दिक्क भएर गीत पो गाउन थाले, 'दुःखी मन मेरा, जहाँ नही चैन, उहाँ नही रहना ।' सिनेमा ? ओहो यिनले पहिला के गरे होलान् छोडौं । यतिखेर चर्चामा रहेका स्लम डग मिलेनियर, लगे रहो मुन्ना भाइ हलमै गएर पत्नीसँग हेर्न भ्याएका छन् । खेलकुद ? क्रिकेट, फुटबल र अमेरिकामा छँदा बेश बल यिनका पि्रय खेल हुन् । रेडियोबाट क्रिकेट सुनेका यिनी भन्छन्- यो आलस्यमय खेल लाग्छ । एउटाले हान्छ अरू चुपचाप हुन्छन् । जीवन जस्तै तर एकैछिनमा, एकै बलले खेलाडीको जीवन सकिन्छ कि भाग्य निर्धारण गर्छ । उनको खराबी, उनी आफैंले के देखेका छन् ? हाँस्छन् र भन्छन्, म असाध्यै चाँडो रिसाउँछु, घरमा पनि त्यसै भन्छन्, साथीभाइ पनि त्यसै भन्छन् । उनी रिसाउने मात्र होइन हँसाउन पनि ओस्ताद छन् । कसलाई हँसाए आफैं बिर्सिदाँ रहेछन् तर जसलाई हँसाए ऊ भने जीवनभर पाण्डेको हाँसो सम्झीरहन्छ । |  |
| प्रमुख शीर्षकहरु | यहि १४ अप्रील ,२००९ गते नेपाली नयाँ बर्ष २०६६ बैशाख ०१ गते पर्नेभएकाले तपाइहरूका लेख,प्रतिकृया र अन्य शुभकामनाहरू यस् वेभ म्यागेजीन मार्फत संसारभर परीवार वा मित्रहरूलाइ बाड्न यस्मा क्लीक गर्नुस....... नयाँ बर्ष २०६६ का अबशरमा शुभकामना बाड्नुस….३१ मार्च २००९,इजरायल । नयाँ नेपाली इजरायलमा झिकाउने भिसा फेरी बन्द खुल्ला फेरी बन्द ,फेरी खुल्ला ,अब फेरी बन्द यस्तै भैराख्याछ नेपालीहरूका लागी नयाँ भिसा पाठाउने क्रममा इजरायल सरकारद्वारा बिगत तिन बर्षदेखि र यस्तै गरी अ।ज तेलअभिभ स्थित इन्टरीयर अफीसका कर्मचारीले हाम्रा सम्बाददातालाइ फेरी नेपाली नयाँ कामदारका लागी भिसा पठाउन बन्द भएकाे खबर बताएका हुन् तर यस बारेमा पत्राचार भने नेपाली राजदुताबास ,तेलअभिबमा गैसकेपछि मात्र समाचार पुष्टी हुनेछ , उक्त कर्मचारीले भने तर नेपाली राजदुताबासमा भने यस बारेमा अझै कुनै पत्राचार नभएका कुरा राजदुताबासका एक कर्मचारीले हामीलाइ जानकारी गराएका छन् , पुनःकिन बन्द गरीए भन्ने बिषयमा सबै जिज्ञासु भइरहेका छन् । सच्चै यसरी अचानक हुने भिसा बन्दका कारणले नेपालीहरूले ज्यादै समस्याहरू भाेग्नु परेका सत्य,तथ्य कस्ले बुझ्ने ? यस्का लागी जीम्मेवारी कस्ले लिने ? किन बिना सूचना नै पटक,पटक यसरी बन्द हुन्छ त ? अनेकन प्रश्नहरूका साथमा नेपालीहरूका लागी नयाँ भिसा पठाउन इजरायल सरकारले बन्द गरेकाे छ भने इजरायल स्थित नेपाली राजदुताबास यस बिषयमा माैन रहेकाे छ । बर्तमान चुनौती - ललित कुँवर |  |  |  |
|
 |
 |
 |
 |
|
|